FAQs Complain Problems

ग्यालरी

बागमती प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयका अर्थ मन्त्री माननीय श्री बहादुर सिंह लामाज्यूको विशेष पहल तथा गाउँपालिकाका श्रीमान अध्यक्षज्यू लगायत पदाधिकारीज्यूहरुको अनुरोध एवंम् सक्रियतामा म्यागङ गाउँपालिका वडा नं. ३ स्थित श्री देउराली प्राथमिक स्वास्थ्य केन्द्रको लागि नेपाल-भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत उपहार स्वरुप सुविधा सम्पन्न एम्बुलेन्स प्राप्त गर्न सफल भएकोमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभवहरुमा हार्दिक आभार व्यक्त गर्दछौँ। साथै यसबाट म्यागङबसीहरुको स्वास्थ्य सेवालाई सहज तथा गुणस्तरीय हुनेमा गाउँपालिका विश्ववता रहेको छ ।

मिति: 2023/07/16 - 11:30
, ,

व्यक्तिको कानुनी पहिचान र राज्यबाट प्रवाह हुने विभिन्न सेवा प्राप्तीको लागि घटना घटेको ३५ दिन भित्र आफ्नो वडा कार्यालयमा व्यक्तिगत घटना दर्ता गरौँ/गराऔँ।
 

मिति: 2023/04/17 - 16:16
, , , , , , , , , , , , , , ,

यस गाउँपालिकाको आयोजना तथा Dental Volunteers, Germany को प्राविधिक सहयोगमा गा.पा. अन्तर्गत नि:शूल्क दाँत उपचारको शिविर संचालन क्रममा आज म्यागङ गा.पा. वडा नं. ३ स्थित श्री देउराली प्राथमिक स्वास्थ्य केन्द्रको दृश्य।

मिति: 2023/03/13 - 15:11
, , , , , , , , , , , , ,

यस गाउँपालिका अन्तर्गतका स्वास्थ्यकर्मीहरुका लागि बृहत पोषण विशेष प्याकेज (CNSI) सम्बन्धी ७ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सु-सम्पन्न गरियो। साथै एकअर्कामा रङ्ग लगाई होलीको शुभकामना आदनप्रदान गरियो।

मिति: २०७९ फाल्गुन २१

मिति: 2023/03/13 - 15:03
, , , , , , , , , , , , , , , , , , ,

मिति २०७९ फाल्गुन २० गतेका दिन गा.पा. प्रमुख प्रशासकीय अधिकृत श्री रमेश सिङदन र कार्यपालिका सदस्य श्री सिंगराम घलेज्यूबाट ''सिप सिकौँ स्वरोजगार बनौँ" स्लोकनका साथ १ महिने स्यामा बुन्ने तालिमको उद्घाटन गरियो।

स्थान: म्यागङ ४, किम्ताङ

मिति: 2023/03/13 - 14:58
, , , , , , , , , , , ,

समग्रा म्यागङ गाउँपालिकाको शैक्षिकस्तर गुणस्तरको लागि शैक्षिक गोष्ठी तथा शिक्षकको हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम भव्यताका साथ सु-सम्पन्न गरियो।

स्थान: टुँडी ऐतिहासिक पार्क, म्यागङ ६

मिति: 2023/02/24 - 11:51
, , , , , , , , , , ,

अनुशासित, नैतिकवान र स्वस्थ जनशक्ति विकास को लागि खेलकुद भन्ने नारा को साथ शुरु भएको पाँचौ राष्ट्रपति रन्निङ शिल्ड प्रतियोगिता विविध साँस्कृतिक कार्यक्रम सहित भाव्यताका साथ समापन गरियो।

मिति: 2023/02/16 - 14:54
, , , , , , , , , , , , , , ,

म्यागङ गाउँपालिकाको गाउँ सभाको ११ औँ अधिवेशनको पहिलो बैठक सुरुवात गरियो।

मिति: 2023/01/14 - 10:28
, , , , , , , , , , , , , , , , , , ,

यस गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक श्री सीता तामाङज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री रमेश सिङदनज्यू र शिक्षा अधिकृत श्री शेर सिंह रावतज्यू लगायतका टिमद्धार म्यागङ -३, गोगने अवस्थित श्री भुमेदेवी मा.वि. को अनुगमन कार्य गरि आवश्यक सुधारको लागि सुझाव पेश गरिएको छ। अनुगमनको कार्य निरन्तर हुने व्यहोरा यसै मार्फत जानकारी गराईन्छ।

मिति: 2022/12/28 - 07:05
, , , , , , , , , , , , , , , , , , ,
मिति: 2022/12/21 - 20:26
, , , , , , , , , , , , , , ,

Pages