FAQs Complain Problems

ग्यालरी

यस म्यागङ गाउँपालिकाका उपाध्यक्ष श्री सीता तामाङज्यूको प्रमुख अतिथिमा मधुमेह रोगबाट आँखामा असर बारे सचेतना फैलाउनेउद्देश्य अनुरुप १ दिने मधुमेश विरामीहरुको लागि नि: शूल्क आँखा जाँच कार्यक्रम सम्पन्न गरियो।

आयोजक: तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौँ

               जिल्ला सामुदायिक आँखा केन्द्र, नुवाकोट

               ने.रे.सो. जिल्ला शाखा, नुवाकोट

               म्यागङ गाउँपालिका कार्यालय, देउराली, नुवाकोट

               देउराली मा.वि., देउराली, नुवाकोट।

स्थान: श्री देउराली मा.वि., देउराली, नुवाकोट।

मिति: २०७९ जेठ २१, शनिबार

मिति: 2022/06/04 - 21:12
, , , , , , , ,

१५ औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना आदनप्रदान सहित यस म्यागङ गाउँपालिकाका निवर्तमान जनप्रतिनिज्यूहरुलाई सम्मान गरियो। 

मिति: 2022/05/29 - 15:55
, , , , , , , , , , , , , , , , , , ,

आज मिति २०७९/२/६ गतेका दिन नव निर्वाचित यस म्यागङ गाउँपालिका अध्यक्ष श्री आशा तामाङज्यूबाट गाउँपालिकाका उपाध्यक्षज्यू लगायत अन्य जनप्रतिनिधिज्यूहरुलाई शपथ ग्रहण कार्य गरियो। साथै गाउँपालिका अध्यक्षज्यू र उपाध्यक्षज्यूद्धारा पदस्थापन गरियो।

मिति: 2022/05/20 - 16:17
, , , , , , , ,

स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित हुनुभएका जनप्रतिनिधिज्यूहरुलाई निर्वाचन अधिकृतको कार्यालय, म्यागङबाट प्रमाणपत्र हस्तान्तरण गरियो।

मिति: २०७९/२/४

मिति: 2022/05/19 - 12:27
, , , , , , , , , , , , , , , , , , ,

निर्वाचन अधिकृत श्री सूर्य दर्शन पण्डितज्यूलाई स्वागत गरिँदै निर्वाचन अधिकृतको कार्यालय म्यागङ गाउँपालिकामा स्थापना गरियो।

मिति: 2022/04/21 - 16:16
, , , , , , , , ,

व्यक्तिगत घटना दर्ता सप्ताह २०७९ को लागि प्रचार प्रसार कार्य।

क्षेत्र: म्यागङ गा.पा. वडा नं. ४, ५ र ६

मिति: 2022/04/20 - 22:10
, , , , , , , ,

व्यक्तिगत घटना दर्ताको महत्व प्रचार प्रसार गर्ने अभिप्रायले बैशाख १ गतेदेखि ७ गते सम्मलाई "व्यक्तिगत घटना दर्ता सप्ताह" मनाउने भनी श्री राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट पत्राचार भएकोमा यस म्यागङ गाउँपालिका अन्तर्गत मिति २०७९ बैशाख ४ गतेदेखि ९ गते सम्मलाई "व्यक्तिगत घटना दर्ता सप्ताह" आधार मनी व्यक्तिगत घटना दर्ताको महत्व बारे प्रचार प्रसार कार्य सफलता पूर्वक गरियो।
प्रचार प्रसार क्षेत्र: म्यागङ गाउँपालिका वडा नं. ३ गोगने हुँदै चिउरीभञ्जयाङ - देउराली माने - वडा नं. २ बुङताङ सम्म।

मिति: 2022/04/18 - 21:33
, , , , , , , , , , , , ,

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत मागमा आधारित ४५ दिने ढाका बुनाई तालिमको समापन कार्य सु-सम्पन्न गरियो।

मिति: २०७८/१२/२०

स्थान: म्यागङ ५, पोखरी डाँडा

मिति: 2022/04/04 - 12:08
, , , , , , , , , , , , , , , , , , ,

यस म्यागङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री रमेश सिङदनज्यू सँगै गाउँपालिकाको प्राविधिकहरुद्धारा प्रशासकीय भवनको निरिक्षण/अनुगमन गरिँदै गरेको क्षण।

मिति: 2022/04/04 - 12:05
, , , , , , , , , , , , , , , , ,

पूर्णिमा सु-शासन, योजना सल्लाहकार श्री विशन देव जोशी र ईन्जिनियर श्री रश्मी मलिकले यस गाउँपालिको संस्थागत क्षमता अभिवृद्धिमा गर्नु भएको सहयोग प्रति स-धन्यवाद सहित विदाई गरियो।

मिति: 2022/03/29 - 12:28
, , , , , , , , , , , , , , , , , , ,

Pages