जाडोको मौसममा निरन्तर बर्षा भएसँगै म्यागङ आसपासका म्यागङ , लोगिल , लम्बडापङ लगायतका अग्ला डाडाँहरुमा आज बाक्लो हिउँ परेको छ । हिउँमा थुप्रै मानिस खेल्दै रमाएको देख्न सकिन्थ्यो ।
चालु आ.व.को लागि यस गाउँपालिकाले कृषि तथा पशु कार्यक्रम निर्माण गर्न लागेको हुँदा २०७५ माघ १० गते सम्ममा कृषि फर्म तथा समूहहरुले बजेट मागसहित आवेदन पेश गर्न सक्नुहुनेछ ।