FAQs Complain Problems

म्यागङ गाउँपालिकाको परिचय

म्यागङ गाउँपालिका बागमती प्रदेशको नुवाकोट जिल्लामा रहेको एउटा स्थानीय तह हो । साविकका बर्सुन्चेत , किम्ताङ , देउराली , बुङताङ र सामरी गाविस मिलेर बनेको म्यागङ गाउँपालिकाको क्षेत्रफल ९७.८३ वर्ग किमि र जनसंख्या १३४७९ (२०६८ को जनगणना अनुसार) रहेको छ । गाउँ कार्यपालिकाको कार्यालय ३ नं. वडाको चिउरिभञ्ज्याङमा रहेको छ ।

सीमानाः

पूर्वः विदुर न.पा. र किस्पाङ्ग गा.पा.                                   पश्चिमः धादिङ्ग जिल्ला

उत्तरः धादिङ्ग  जिल्ला                               दक्षिणः विदुर न.पा. र तारकेश्वर गा.पा.

वडा विवरणः

क्र.सं.

वडा नं.

साविकको गाविस

क्षेत्रफल (व.किमि)

जनसंख्या

बर्सुन्चेत ९.६१ २२६
बुङताङ १३.९३ २०६९
देउराली १८.९६ ३६३१
किम्ताङ २६.१७ २०५०
सामरी (१,४,७,८,९) १४.९२ २१७२
सामरी (२,३,५,६) १४.२५ २४८०
    जम्मा ९७.८३ १२६६८

 
         केही बेशी भुभाग समुन्द्र सतह बाट ३००० फिट देखी उच्च पहाडी भुभाग १२००० फिट सम्मको उचाई मा रहेको यहाँ समसितोष्ण र लेकाली हावापानी पनि पाईन्छ । तामाङ जातिको वाहुल्यता भएको यस गा.पा.मा व्राम्हण ,क्षेत्री नेवार ,घले ,गुरुङ, विश्वकर्मा ,मगर ,दर्जी आदि जात जाती हरुको बसोबास रहको छ । यहाँको यातायातमा मध्य पहाडी लोकमार्गले वडा नं.५ र ६ बाट धादिङको नेत्रावती गा.पा.हुदै गएको छ । साथै ग्रामीण सडक हात्तीगौडा भैरमकोट देउराली मेघाङ हुँदै किम्ताङ बाट धादिङको खनियाबास गा.पा. सम्म जोडिएको छ । वडा नं. ३ र ४ का शाखा बाटोहरुमा देउराली वुङताङ वडा ३ र २, मेघाङ मैवल वडा नं. ३ र ६, मेघाङ सामरी वडा नं. ३ र ५ छन् । अन्य शाखा मार्गमा देउराली डेउडी ३ (विदुुर न.पा.) रहेको छ ।
यहाँको अन्न बालीमा मकै प्रमुख बाली र कोदो,धान,गहँु आदि उत्पादन हुन्छ । तरकारी बालीमा आलु उत्पादन राम्रो रहेको छ । नगदे वालीमा चिया ,अलैची,भुईस्याउ, सुन्तला,तोरी ,किवी आदि रहेका छन् ।

                                                                          

विभिन्न प्रजातीका रुखहरु,चिलाउने,सल्ला,उतिस,वकाइनो साल आदि यहाँ पाइन्छन् । जडिबुटि उत्पादनको सम्भावना रहेको यस गा.पा. भित्र विभिन्न औषधि जन्य जडिबुटि का साथै टिमुर,चिराइतो,धुपि आदि पाइन्छन् । 
सामरी खोला,कुन्दल खोला,वर्चेत सलाँखु,शान्ती खोला,थम्बु खोला,घ्याप्रीङ खोला,तुम्जुङ खोला,वोल्देपोखरी,साप्चेत खोला,गोगने खोला,मिनी खोला,थोपल खोला,लुङमाचेत खोला,सलाखु खोला आदि प्रमुख खोलाहरु  छन् । साथै यिनै खोलाहरुवाट साना जलविद्युत आयोजना सञ्चालनका लागी सम्भावना रहेका छन् । 
मेघाङ डाँडा,नाउर,लाम्डापाङ,क्रईपङ्ग,फइसिंमने,पोखरीगङ्ग,कल्लेरीगङ्ग,पासम्चोक,डुखङ,उरग्यान्पो,ताक्पा गाङ,लिङगरचो,कतोल्हा टुँडी डाँडा,वेकरनेन डाँडा पनेरा भन्ज्याङ डाँडा,थाङमाचोत,ग्युरमाने,थलागाङ,च्यारगाङ डाँडा,उचेनडाँडा,गोम्वोगाङ आदि उच्च डाँडाहरु छन् । जहाँ पर्यटकीय स्थल निर्माणका लागि सम्भावना छन् । स्थानीय बजारहरुमा सामरी भन्ज्याङ, देउराली बजार रहेको छन् । यातायातमा सवै कच्चि बाटो भएको र बस, आइचर आदिको सुविधा रहेको छ । 
 
कमलो माटो, भिरालो धरातल ,विकट स्थलहरुका कारण विकासको प्रतिफल प्राप्तीका लागि धेरै चुनौतीको सामना गर्नुपर्ने तर यातायातमा सहज पुहुँच पु=याउन सकिएमा उपलब्धीका सम्भावनाहरु पनि प्रसस्त छन् ।  विशेष गरी यस गा. पा. क्षेत्र भित्र सहज सडक निर्माण हुन सकेमा स्थानीय जनथ्जीवनमा आर्थिक ,सामाजिक पूर्वाधारका सवै अन्य क्षेत्रको विकासमा समेत महत्वपूर्ण उपलब्धी हासील हुन सक्ने आशा गर्न सकिन्छ । कृृषि, पर्यटन शिक्षा, स्वास्थ्य ,सवै क्षेत्रको विकास यातायातको सहजीकरणमा निर्भर देखिन्छ । गरिवी निवारणका लागि साना घरेलु उद्योग ,नगदे वाली तर्फ आकर्षण, तरकारी खेतीको व्यवसाय, होमस्टे,पर्यटकिय स्थल पहिचान र व्यवस्थापन सहकारीको विकास ,पशुपालन आदिबाट म्यागङ गाउँपालिकाको आर्थिक उन्नतीमा टेवा पुग्ने देखिन्छ । 
विभिन्न ठूला साना पहिरो नियन्त्रण हुन नसक्दा स्थानीयबासी चिन्तित रहि आएका छन् ।  उर्वर भुमीमा साना सिंचाइको व्यवस्था मिलाई उपयुक्त प्रविधि भित्र्याउन सकेमा कृषि तथा नगदे बालीको उत्पादनमा वृद्धिदरको सम्भावना रहेको छ । ठाडोभिरालो जमिनका कारण धरातलीय कठिनाइ र चुनौती प्रमुख छन् ।